काठमाडौं । यशोदा फुड्सको करेन्ट चाउचाउले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको क्लब बुटवल लुम्बिनी एफसीका मार्की तथा कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।
यशोदा फुड्सले नेपाल राष्ट्रिय फुटबल टोली मिडफिल्डरसमेत रहेका एरिकसँग एक वर्षका लागि सम्झौता गरेको हो । यशोदाले सम्झौता रकम भने सार्वजनिक गरेको छैन ।
जारी नेपाल सुपर लिगमा बुटवल लुम्बिनीका लागि एरिकले दुई गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । तर, टोलीले प्लेअफमा स्थान बनाउन भने सकेन ।
आठ खेलबाट १० अंक जोडेको बुटवलले तालिकाको छैटौँ स्थानमा रहँदै एनएसएलको दोस्रो संस्करण टुंग्याएको थियो ।
“यशोदा फुडसँग जोडिन पाउँदा खुसी छु । यो अवसरका लागि कम्पनीलाई धन्यवाद,” एम्बेस्डरमा नियुक्त भएपछि एरिकले भने ।