site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन
SkywellSkywell

कञ्चनपुर । बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ ।

गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिए केही महिना सञ्चालन भएको भन्सार कार्यालय बन्द भएको थियो ।

Dabur Nepal
NIC Asia

“भन्सार कार्यालय सञ्चालन गर्नेबारे पत्र आयो,” नगर उपप्रमुख जोगराम चौधरी भने, “केही दिनपछि थाहै नदिई भन्सार कार्यालयमा ताला लाग्यो, त्यसपछि कर्मचारी आएनन् ।”

उनले भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनका लागि निकै पहल गर्नु परेको बताए । “छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युतको लाइन काटिएको थियो, त्यो तत्कालै सुचारु गर्न लगाएका छौँ,” उनले भने, “खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लाग्नुभएको छ, कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ, कर्मचारीलाई टिकाउन आवश्यक सहयोग गर्छौं ।”

भारततर्फका व्यापारीहरुले पुनः भन्सार कार्यालय सञ्चालनमा आएपछि खुसी व्यक्त गर्दै भारततर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने अश्वासन दिएका छन् । भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान भन्सार भएर आउने गरेका छन् ।

भारतबाट आउने खाद्यान्न गुणस्तरयुक्त छ अथवा छैन भन्नेबारे परीक्षण गर्नका लागि खाद्य ‘क्वारेन्टिइन’ कार्यालयको व्यवस्थाका लागि पनि पहल हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । 

भन्सार कार्यालयमा खटिएर आएका नायब सुब्बा  खत्रीले अबदेखि नियमित रुपमा भन्सारको कार्य सञ्चालन हुने बताए । 

विगत जस्तै राजस्व संकलनको कार्य नियमित रुपमा हुने उनको भनाइ छ । भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro