site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६१ अंक बढेर १५१ अंकले घट्यो, यी हुन् सर्वाधिक घट्ने र बढ्ने १० कम्पनी
SkywellSkywell

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार कारोबारमा उच्च उतारचढाव देखियो । एक साताको अन्तरालमा बजार ६०.७७ अंकले बढेर १५०.७७ अंकले घट्यो । तर, समग्रमा बजार यो साता ९० अंकले घटेर २,४८६.७६ विन्दुमा बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बजार २,५७६.७६ विन्दुमा थियो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि दैनिक घट्दै गएको छ । यो सातभरिको पाँच कारोबार दिनमा २६ अर्ब नौ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भयो । तर, गत साता तीन दिनमात्र कारोबार हुँदा पनि २३ अर्ब ३७ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

यस साताको आइतबार ११.५९ अंकले बजार बढेको थियो भने सोमबार ५९.०२ अंक र मंगलबार ५८.९४ अंकले बजार घटेको थियो । बुधबार भने बजार ४९.१८ अंकले बढेको थियो । साताको अन्तिम दिन भने बजार ३२.८१ अंकले घटेर २,४८६.७६ विन्दुमा बन्द भयो ।

यो साता कुल बजार पुँजीकरण पनि घटेको छ । साताको अन्तिम दिन कुल बजार पुँजीकरण ३९ खर्ब ५४ अर्ब १५ करोड कायम भएको छ । तर, गत साताको अन्तिम दिन कुल बजार पुँजीकरण ४० खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ थियो ।

गत सात बजार तीन दिन नै घटेको थियो । भदौ ३० गते बजार ५०.७४ अंकले बजार घटेको थियो भने सोमबार ५७.०३ अंकले बजार घटेको थियो । त्यस्तै, असोज १ गते इन्द्रजात्रा भएका कारण काठमाडौं उपत्यका बिदा भएकाले सो दिन (मंगलबार) सेयर कारोबार भएन । असोज २ गते बुधबार भने बजार ४ अंकले घटेको थियो । गत साताको अन्तिम कारोबार दिन संविधान दिवसका कारण बजार बन्द भयो ।

त्यही पनि तीन कारोबार दिनमा २३ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो ।

गत साताको तुलनामा यो साता अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । गत साता प्रतिकित्ता ७१८ रुपैयाँमा कारोबार भएको यस हाइड्रोपावरको सेयर मूल्य बढेर प्रतिकित्ता ८९४ रुपैयाँ ८० पैसा कायम भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४.६२ प्रतिशतले वृद्धि भएको हो ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सीईडीबी आइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको सेयर मूल्य २०.९६ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ५८० रुपैयाँ कायम भएको छ । यस कम्पनीको सेयर मूल्य गत सातको अन्तिम कारोबार दिन एक हजार ९९९ रुपैयाँ थियो ।

 सेयर मूल्य घटेका १० कम्पनी
 नामअसोज १०असोज २परिवर्तन (प्रतिशतमा) 
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड१५८०१९९९-२०.९६
रावा इनर्जी डेभलपमेन्ट लिमिटेड७१०.१८२१-१३.५१
स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.९६६.४१०९१-११.४२
सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड१८४०२०७६-११.३७
ओरिएन्टल होटल्स लिमिटेड९२०१०३५-११.११
हिमालयन लघुवित्त बित्तीय संस्था लिमिटेड८३४९२६-९.९४
ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड१२८११४१५-९.४७
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि.१११८.३१२३५.२-९.४६
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड१४५०१६००-९.३८
१०विजय लघुवित्त बित्तीय संस्था लि.७८९८७०-९.३१
     
 सेयर मूल्य बढेका १० कम्पनी
 नामअसोज १०असोज २परिवर्तन (प्रतिशतमा) 
अपर स्याङ हाइड्रोपावर लिमिटेड८९४.८७१८२४.६२
रु रु जलविद्युत परियोजना लिमिटेड८४८७६३११.१४
वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड२९००2611११.०७
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड1364१३००४.९२
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड२६४०२५१७४.८९
बोटलर्स नेपाल (बालाजु) लिमिटेड१६९३११६३००३.८७
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड१५४५१४९०३.६९
युनिलिभर नेपाल लिमिटेड५०७५०४९९९९१.५
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड१३१५१२९५.९१.४७
१०बाराही हाइड्रोपावर पब्लिक लिमिटेड६९३६८३१.४६

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro