देश
चितवन । पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुईवटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए ।
यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उनले बताए । यादवका अनुसार सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिएको हो । रासस
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०८:४५
प्रतिक्रिया दिनुहोस्