site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिष्ट शासन आए नागरिक अधिकार सबै गुम्छः प्रधानमन्त्री 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार गुम्ने बताएका छन् ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर तथान नेपाली कांग्रेसका सर्वोच्च नेता लौहपुरुष गणेशमानसिंहको १०२ औं जन्मजयन्तिको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री देउवाले गणेशमान सिंह सहित नेपाली कांग्रेसका नेताहरुले आफ्नो जीवनको पर्वाह नगरीकन नागरिक हक–अधिकारका लागि जीवनभर संघर्ष गरेको कारण नेपाली जनताले अहिले निर्वाध रुपमा मौलिक हक प्रयोग गर्न पाएको उल्लेख गरे ।

नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिले राणा शासनको अन्त गराई नेपालमा प्रजातन्त्र ल्याएको प्रसंग उल्लेख गर्दै उनले लोकतान्त्रिक पद्धतिको विकासको लागि पहिलो निर्वाचन गराउन कांग्रेसले झण्डै ८ बर्ष राजासंग संघर्ष गर्न परेको पनि बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu