काठमाडौं । इस्लिङट्न कलेजले साइबर सुरक्षा अनुसन्धान केन्द्रको प्रारम्भ गरेको छ । आइतबार केन्द्रको उट्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् । लन्डन मेट्रोपो लिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
साइबर सुरक्षासम्बन्धी यो पहिलो शैक्षिक संस्था भएको कलेजले जानकारी दिएको छ ।
नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउन इस्लिङटन कलेजको समर्पणलाई बलियो बनाउने पनि कलेजले जानकारी दिएको छ ।
अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको छ । शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्वविद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने हो ।
साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङ्टन कलेजको एउटा पहल हो, जसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राख्द्छ । शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।