site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'त्रिभुवन विमानस्थलको क्षमता तोकिए भैरहवा र पोखरा विमानस्थल पनि चल्छन्'

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको 'एभियसन मिट–२०२४' कार्यक्रममा महानिर्देशक अधिकारीले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोक्न नसक्दा समस्या भएको बताए ।

उनले भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल एकैपटक चल्न सक्ने अवस्था नभएको पनि बताए । "त्रिभुवन विमानस्थलमा शौचालय राम्रो भएन । भैरहवा, पोखरा विमानस्थल सञ्चालनमा आएन भनेर कुरा प्राधिकरणले सुन्नुपर्छ । एउटै निकायले सबै कुरा सम्बोधन गर्न सक्दैन । तर, चेपुवामा भने क्यानको नेतृत्व पर्ने रहेछ," उनले भने ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्ने दाबी गरे । "एउटै कुरा भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल पनि चल्ने अवस्था हुँदैन । यो कुरा बुझ्नुपर्‍यो । यति बुझेको दिन तीनवटै विमानस्थल चल्छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्छन्," उनले भने ।

उनले तीनवटै विमानस्थल चल्दा काठमाडौंको विमानस्थल रातभरि चलाउन र होल्डिङमा पनि बस्नुनपर्ने बताए ।

उनले प्राधिकरणले सबै विषय सम्बोधन गर्न नसक्ने पनि स्पष्ट पारे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro