site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । 

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, सोनिया गान्धी, राहुल गान्धी पनि आफ्ना पूर्वनेता र पूर्वप्रधानमन्त्रीको अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए ।

पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उनको निवासबाट श्रद्धाञ्जलीका निम्ति दिल्लीस्थित अल इन्डिया कंग्रेस कमिटी (एआईसीसी)को मुख्यालयमा ल्याइएको थियो । दिल्लीस्थित पूर्वप्रधानमन्त्रीको निवासबाहिर पनि श्रद्धाञ्जली अर्पण गर्न कैयौँ मानिस भेला भएका थिए । 

यसअघि, शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले कांग्रेस अध्यक्ष खड्गे र स्व. सिंहको परिवारलाई सरकारले स्मारकका निम्ति ठाउँ छुट्ट्याइने जानकारी गराएका थिए ।

सिंह लामो समय भारतीय राजनीतिमा सक्रिय थिए । विशेष गरी आर्थिक संकटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा योगदानका निम्ति उनलाई सम्झना गरिन्छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro