site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याय परिषद्लाई राजनीतिमुक्त बनाउनुपर्छ : मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्याय परिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्ने बताएकी छन् ।

महिला कानुन व्यवसायीको ३१औँ राष्ट्रिय सम्मेलनका क्रममा शनिबार विराटनगरमा उनले न्याय परिषद्को संरचनालाई राजनीतिमुक्त बनाउन सकिए न्यायाधीश नियुक्ति सजिलो र सहज हुने उल्लेख गरिन् ।

न्याय परिषद्ले निष्पक्ष र स्वतन्त्र भएर न्यायाधीशको नियुक्ति गर्ने गरेको उनले बताइन् । उनले बार र बेन्चबीचको विवाद उचित नभएको धारणा व्यक्त गरिन् ।

वरिष्ठ न्यायाधीश मल्लले मेलमिलापलाई प्रभावकारी रूपमा लैजाने सर्वोच्च अदालतको रणनीतिक योजना रहेको जानकारी दिइन् ।

सर्वोच्चकै अर्का न्यायाधीश सारंगा सुवेदीले जनताको न्यायलाई निश्चित गर्न बार र बेन्चबीच सहकार्य हुनुपर्ने धारणा राखिन् ।

नेपाल बार एसोसिएसन महिला समितिले आयोजना गरेको दुईदिने उक्त सम्मेलनमा मुलुकभरका ७७ जिल्लाबाट करिब एक हजार प्रतिनिधिको सहभागिता छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro