site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौराहामा हात्तीलाई वनभोज 
तस्बिर : रासस ।

काठमाडौं । चितवनको सौराहामा जारी १८औँ हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ । सधैँ जगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई शनिबार वनभोज खुवाइएको हो ।

वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सीलगायत विभिन्न परिकार दिइएको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको उनले जानकारी दिए ।

वनभोजमा ३५ निजी हात्तीलाई सहभागी गराइएको थियो । हात्तीले वनभोज खाएको हेर्न दर्शकको घुइँचो लागेको थियो ।

हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षणका रूपमा छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा चितवनमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro