site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फेवाताल किनारमा भोलिदेखि सडक महोत्सव, सञ्चारमन्त्रीले उद्घाटन गर्ने

कास्की । पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदै छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 

भोलिदेखि आयोजना हुने २६औँ संस्करणको महोत्सवको सबै तयारी पूरा भएको महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।

महोत्सवलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने तय भएको छ ।

संयोजक भट्टराईका अनुसार, उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने छ ।

महोत्सव सफल पार्न गठित विभिन्न समिति, उपसमितिले आ–आफ्नो तयारी पूरा गरेका जनाएका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक सम्पन्न गरेको संयोजक भट्टराईले बताए ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।

“सडक महोत्सव पोखराको ‘ब्रान्ड’ बनेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा हुने महोत्सवको पर्यटन क्षेत्रलाई चलायमान गराउने विश्वास लिएका छौँ,” अध्यक्ष पौडेलले भने ।

महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुंगा दौडलगायत आयोजना हुनेछ । त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro