site stats
बाह्रखरी :: Baahrakhari
खेल
१०औँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने

काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियताप्रति धन्यवाद दिँदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा १०औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने बताए ।

१०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।

आठ विगाह क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए । आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम भएको भन्दै सन्ज्यालले बहुउदेश्यसहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्