site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कृत्रिम मासुमा प्रतिबन्ध लगाउने पहिलो देश बन्यो इटाली
तस्बिर : सटरस्टक ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालीले प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध लगाएको छ । योसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।

इटालीको संसद्ले महिनौँसम्मको बहसपछि नयाँ कानुन पारित गरेको हो । नियम उल्लंघन गरेमा ६० हजार युरो (६५ हजार ८०० अमेरिकी डलर) सम्म जरिवाना हुनसक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जर्मनी र स्पेनलगायत अरू देशहरूले त्यस्तो मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो । कृत्रिम मासुलाई हर्मोन र एन्टिबायोटिक प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ ।

कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टका अनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement