site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसले युक्रेनमा गर्‍यो १२० मिसाइल र ९० ड्रोन हमला, १० जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनमा १२० मिसाइल र ९० ड्रोनसहित ठूलो हमला गरेको छ । रुसी आक्रमणमा युक्रेनको पावर सिस्टमलाई निशाना बनाइएको थियो । धेरै बिजुली प्लान्ट र ट्रान्सफर्मर नराम्ररी क्षतिग्रस्त भएको छ । त्यसपछि युक्रेनमा विद्युत कटौती घोषणा गरिएको छ ।

बिजुली पूर्वाधार मर्मत गर्न युक्रेनको राज्य पावर अपरेटर युक्रेनर्गोले सोमबार बिहान ६ बजेदेखि राति १० बजेसम्म बिजुली कटौतीको घोषणा गरेको थियो ।

Dabur Nepal
NIC Asia

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी मिसाइलले युक्रेनको नौतले आवासीय भवनमा प्रहार गरेको बताएका छन् । जसमा बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनले युक्रेनको राजधानी किभ, डोनेस्क, ल्भिभ, ओडेसालगायतका धेरै भागलाई निशाना बनाइएको थियो । प्रतिरक्षमा युक्रेनले १४० रुसी मिसाइल र ड्रोनहरू खसालेको जनाइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको छ । न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै युक्रेनलाई आर्मी टेक्टिकल मिसाइल प्रणाली (एटीएसीएमएस) प्रयोग गर्न अनुमति दिएको पुष्टि गरेको छ । यस क्षेप्यास्त्रले ३०० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro