देश
काठमाडौं । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार ८८५ बरामद गरेको छ ।
यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौंका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, रु २० हजारको एक थान चेकसमेत बरामद गरेको छ ।
यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८० १८:२७
प्रतिक्रिया दिनुहोस्