site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीमानाकामा हुने राजस्व चुहावटका विषयमा गम्भीर हुन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भए पनि सँगै अनुशासित पनि बन्नुपर्ने उल्लेख गरे ।

मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, “सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।” 

गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । 

गृहमन्त्री लेखकले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।”  

गृहमन्त्री लेखकले सीमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै भने, “तपाईंहरूले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियाशिलता र सक्रियता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छ ।” 

उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro