site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा कम, जुम्लामा माइनस ४
फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशभर क्रमिक रूपमा चिसो बढेको छ । चिसोसँग तापक्रम घट्दै गएको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –४ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.८ डिग्री सेल्सियस थियो । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, मंगलबार डडेलधुराको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार डडेलधुराको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार महाशाखाले सार्वजनिक गरेको विवरणमा अरू स्थानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ मा न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । चिसोसँगै तापक्रम क्रमिक रूपमा घट्नेछ ।

ewifmsdg-1731987538.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro