site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘मामाको छोरा’को योजनामा मुगुमा सामूहिक हत्या, यसरी पुग्यो आरोपीसम्म प्रहरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुगुमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले घटनाको १४ दिनपछि सार्वजनिक गरेको छ । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठमहिने छोरा रहरको गत कात्तिक ८ गते हत्या भएको थियो ।

शव भने प्रहरीले कात्तिक १० गते फेला पारेको हो । उनीहरूको सामूहिक हत्या गर्ने बाँकेको कोहलपुरका गोरखबहादुर शाही र मन्दुकै गोपाल बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले धारिलो खुकुरी प्रहार गरेर श्रीदेवीसहित उनका छोराछोरीको हत्या गरेको खुलेको हो ।

हत्या लगत्तै उनीहरू फरार भएका थिए । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली गएको आइतबार मुगु पुगेको थियो । सीआईबीकै टोलीले घटनाको सफल अनुसन्धान गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सीआईबीका एसएसपी दिनेश आचार्यले घटनालगत्तै काठमाडौंबाट प्राविधिक विश्लेषण गरेको र अहिले पक्राउ गर्न सहज भएको बताए । 

“हामीले काठमाडौंबाट नै प्राविधिक अनुसन्धान गरेका थियौँ । पक्राउ गर्नुपर्ने देखिएपछि मुगु पुगेको हो । पक्राउ परेकाहरूले घटना स्वीकार गरिसकेका छन्,” एसएसपी आचार्यले भने ।

Global Ime bank

प्रहरीको अनुसन्धानका अनुसार धनमाल लुट्ने उदेश्यले उनीहरूले हत्या गरेको खुलेको छ । श्रीदेवीले लगाएको सुनका गरगहना उनीहरूले लुटेर लगेका थिए । त्योबाहेक घरमा रहेको सुनसमेत लुट्ने उनीहरूको योजना थियो ।

तर, घरमा रहेको करिब पाँच तोला सुन भने उनीहरूले नभेटेपछि छोडेर भागेको प्रहरीको दाबी छ । लगाएको सुन भने गोरखबहादुरले बिक्री गरेका थिए । सुन बेचेर राखेको एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

श्रीदेवीले चलाउँदै आएको मोबाइल फोन समेत गोरखबहादुरले नै लिएका थिए । उनीहरूको हत्यापछि गोरखले रोजगारीको लागि कतारमा रहेका श्रीदेवीका श्रीमान् दिपक बोहोरालाई शवको फोटो पठाएका थिए ।

मोबाइलमा गोरखबहादुरले आफ्नो सीमकार्ड प्रयोग गरेको खुलेको छ । त्यहीँ मोबाइलको 'क्लू'बाट प्रहरी गारेखबहादुरसम्म पुगेको हो । गोरखबहादुरले कालिकोटको सीमा पुगेर मोबाइलमा आफ्नो नम्बर प्रयोग गरेका थिए । उनकै बयानका आधारमा प्रहरीले गोपाललाई समेत पक्राउ गरेको हो ।

हत्याको योजनाकार गोपाल बोहोरा
प्रहरीले पक्राउ गरेकामध्ये गोपाल बोहोरा मृतक श्रीदेवीका मामाका छोरा हुन् । उनकै योजनामा श्रीदेवीसहित उनका छोराछोरीको हत्या भएको हो । प्रहरीको अनुसन्धानले हत्या गरिएको दिनभर गोरखबहादुर र उनी सँगै थिए ।

दिनभर श्रीदेवीको रेकी गरेर राति हत्या गर्न उनको घर प्रवेश गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । श्रीदेवीको हत्या गर्न प्रयोग गरेको खुकुरी गोरखबहादुर र गोपालले झापाबाट किनेको बयान प्रहरीलाई दिएका छन् ।

घर भित्रबाट चुकुल लगाएका श्रीदेवीलाई गोपालले नै ‘दिदी’ भन्दै ढोका खोल्न लगाएको खुलेको छ । ढोका खोलेपछि भने उनीहरूले घरभित्र पसेर सुरुमा श्रीदेवी र पछि थाहा पाउन सक्ने भन्दै छोराछोरीको हत्या गरेको खुलेको छ ।

छोराछोरीको हत्यापछि घरको मूलढोकामा ताल्चा लगाइएको थियो । यसअघि गोपाल समेत श्रीदेवीकै श्रीमान् दिपकसँग रोजगारीको लागि कतार पुगेका थिए । तर, दिपक कतार बसेपनि गोपाल भने नेपाल फर्किएका थिए ।

गोपालले धेरै पैसा कमाएको डाहले घरमा रहेकी श्रीमतीको हत्या गरेर लुटपाट गर्ने योजनासहित गोरखबहादुरलाई प्रयोग गरेर सामूहिक हत्यासम्म पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement