site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद्लाई प्रश्न– काठमाडौंमा दिनभर वर्षा हुने हो ? 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंमा मेघगर्जनसहित वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ । “सबै ठाउँमा वर्षा नभए पनि काठमाडौंका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ,” मौसमविद् डेविड ढकालले बाह्रखरीसँग भने, “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । बादल लाग्ने र वर्षा हुने भइरहन्छ ।”

मनसुनमा जस्तो दिनभर निरन्तर वर्षा नभए पनि पानी पर्ने, रोकिने र पुनः वर्षा हुने क्रम दिनभर चलिरहने उनको भनाइ छ । 

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा काठामाडौं उपत्यकामा बूढानीलकण्ठमा ३.६ मिलिमिटर भएको छ । 

वाग्मती प्रदेशमा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भइरहेको छ । मौसमविद् ढकालका अनुसार सिन्धुपाल्चोकमा मध्यम वर्षा भइरहेको छ । 

कोसी र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

काठमाडौंमा शुक्रबार र शनिबार पनि मौसम बदली र वर्षा हुनेछ । “आजको जस्तो नहोला तर काठमाडौंमा भोलि र पर्सि पनि सुक्खा हुँदैन,” मौसमविद् ढकालले भने, “बदली र केही वर्षा हुनेछ ।”

यसैबीच, विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro