काठमाडौं । ‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक भव्य सोको आयोजना गर्दै स्ट्रिक्स प्रोफेसनलले आफ्नो नयाँ कलेक्सन सार्वजनिक गरेको हो ।
कपालको हेरचाहका लागि सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट माझ प्रख्यात स्ट्रिक्स प्रोफेसनलले मर्कुरिअल कलेक्सन विशेष रहेको बताएको छ ।
स्ट्रिक्स प्रोफेसनलको मर्कुरिअल कलेक्सनले दिक्क लाग्दो, साधारण र एकोहोरो जीवनको मनस्थितिलाई रोमान्चक, अनुपम र फरक सम्भावनाका तहमा लैजाने र यसैलाई कपालको कटाइ, रङ्ग र स्टाइलमा झल्काउने दाबी गरेको छ ।
स्ट्रिक्सको अन्य कलेक्सनमा सुपरर्चाज्ड, नेचुरल मी र अदरवाइज लगायत रहेका छन् ।
यो प्रदर्शनी भन्दा पहिले स्ट्रिक्स प्रोफेसनलले स्टाइलिस्ट चुदाससँगको सहहकार्यमा ‘हेर्नुस–र–सिक्नुस’ सेमिनारको पनि आयोजना गरेको बताएको छ ।
स्ट्रिक्स प्रोफेसनलकी विभागीय प्रमुख रोसेल छाबराले ब्रान्डसँग विभिन्न उत्कृष्ट रोजाइ रहेको बताएकी छन् ।
सेलेब्रेटी हेयरस्टाईलिस्ट चुदासमाले मर्कुरिअलले सबैको मनजित्ने विश्वास व्यक्त गरेका छन् ।