site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदरमा दिने भएको छ । बैंकले ८.९९ प्रतिशतमा नै उक्त कर्जा प्रदान गर्ने भएको हो ।

दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने नीति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । जल ऊर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिनेछ ।

Argakhachi Cement Island Ad

न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्ने बताइएको छ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरेर/गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न प्रदान गरिनेछ । 

यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको देशभर १०३ शाखा कार्यालयमार्फत करिब आठ लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्