site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनसँगको युद्धपछि पहिलोपटक भारत भ्रमणमा आउँदै पुटिन

काठमाडौं । रुस–युक्रेन युद्ध सुरु भएपछि पहिलोपटक राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले समाचार एजेन्सी एएनआईलाई पुटिनको भारत भ्रमणको गृहकार्य भइरहेको छिट्टै भ्रमण मिति घोषणा गरिने बताएका छन् ।

समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै पुटिन अर्को वर्ष रुस–भारत वार्षिक शिखर सम्मेलनमा आउन सक्ने बताएको छ ।

प्रधानमन्त्री मोदीले यो वर्ष दुईपटक रुसको भ्रमण गरिसकेका छन् । उनी अक्टोबर २२ मा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस गएका थिए । यसअघि, जुलाईमा पनि मोदीले दुईदिने रुस भ्रमण गरेका थिए । त्यसपछि उनले पुटिनलाई भारत भ्रमणको निम्तो दिएकाथ थिए ।

यसअघि, रुसी राष्ट्रपति पुटिनले ६ डिसेम्बर २०२१ मा भारतको भ्रमण गरेका थिए । उनी चार घण्टाका लागि मात्रै भारत आएका थिए । त्यतिबेला भारत र रुसबीच २८ वटा सम्झौतामा हस्ताक्षर भएको थियो ।

दुवै देशले सन् २०२५ सम्म वार्षिक ३० अर्ब डलर बराबरको व्यापार गर्ने लक्ष्य राखेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro