अर्थ व्यवसाय

काठमाडौं । सैनामैनामा डिसहोमले नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सैनामैना नगरपालिकाको नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले केन्द्रको उद्घाटन गरेका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिसहोमका कर्मचारीसहिको उपस्थिति थियो ।
सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिसहोमका विविध सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । ग्राहकहरूले इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्ने छन् ।
यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिने डिसहोमले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १८:०१
प्रतिक्रिया दिनुहोस्