काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुषालले निजी शैक्षिक संस्थालाई धारे हात लाएर मात्र सरकारी शिक्षा मजबुत नहुने धारणा राखेकी छन् ।
शुक्रबार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय टिमको बैठकमा विध्यार्थी नेताहरुलाई प्रशिक्षणात्मक निर्देशन दिँदै भुषालले यस्तो धारणा राखेकी हुन् ।
सरकारी र सर्वजनिक शिक्षालाई महत्व दिने पार्टीको नीति हुँदाहुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाई र आम मानिसमा आकर्षण पैदा नगराई निजी शिक्षाको पूर्ण विकल्प तयार हुन नसक्ने उनले बताइन् ।
उपाध्यक्ष भुषालले उपत्यककाका सरकारी र सामुदायिक स्कुललाई निजीसरह गुणस्तरीय बनाउन के के गर्यो भन सम्भव छ, त्यो योजना बनाएरै अघि बढ्न विध्यार्थी नेताहरुलाई निर्देशन दिइन् ।
माओवादीको तीनमहिने अभियानको समीक्षा गरएको बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकारी शिक्षण संस्थालाई निजीसरह प्रतिस्पर्धी हुने गरी बनाउन कार्ययोजना बनाएरै अघि बढ्न नेतृ भुषालले निर्देशन गरिन् ।