site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस–एमाले नेताहरू छलफलमा 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को बैठक स्थगित गरेर छलफलमा जुटेका छन् । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । 

छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । देउवासँगै परराष्ट्रमन्त्री आरजु राणा, कांग्रेस महामन्त्री गगन थापा बालुवाटार बैठकमा छन् । 

Dabur Nepal
NIC Asia

बैठकमा एमालेका अध्यक्षसमेत रहेका ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंले प्रधानमन्त्रीको चीन भ्रमणलगायत समसामयिक विषयमा छलफल भइरहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro