site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको गण्डकी अधिवेशनमा प्यानलगत उमेदवारी छैन : गोकर्ण बिष्ट
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनमा प्यानलगत उमेदवारी नरहेको बताएका छन् । उनले प्यानलगत उमेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै उमेदवारी दिएको बताए ।

“प्यानलगत उमेदवारी भएको छैन । मिडियाले मात्रै प्यानल बनाइदिएको हो । यहाँ त हरेकले व्यक्तिगत हिसाबले आफ्ना उमेदवारीहरु प्रस्तावक र समर्थकसहित दिनुभएको छ,” उनले भने, “प्यानल देखिएको छैन । व्यक्तिगत उमेदवार दिनुभएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्तिगत हिसाबले आफ्ना उमेदवारीहरु प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने भन्दै उनले सहमतिको प्रयास आफूहरुले गरेको बताए । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको भन्दै उनले जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिस्पर्धा हुने कुरा स्वभाविक भएको बताए ।

“हामीले विभिन्न रुपले सहमतिको प्रयास गरेका छौँ । अहिले हाम्रो पार्टीभित्र वैचारिक मतभिन्नता देखिँदैन । पार्टीका अध्यक्ष नै सबैको एउटा एकल ध्रुव हुनुहुन्छ,” उनले भने, “कुनै पनि प्रकारको समूह बनाउने, कित्ताकाट गर्ने स्थिति देखिँदैन । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिस्पर्धा हुने र आकंक्षीहरु पनि माथि जोडिन खोज्ने र जोड्न खोज्ने प्रवृत्तिहरु देखिन्छन् ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय