site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा ‘डमी’ उमेदवारको लर्को
SkywellSkywell

काठमाडौं । दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि काठमाडौँमा थुप्रै ‘डमी उमेदवार’ खडा भएका छन् । काठमाडौंका विभिन्न क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिएका त्यस्ता उमेदवारहरू चुनाव जित्न नभई जिताउने प्रयोजनका लागि खडा गरिएका हुन् ।

निर्वाचन आचारसंहिता छल्न र उमेदवारले पाउने सेवा सुविधा प्रयोग गरेर चुनावको परिणाम हत्याउने दाउमा ठूला दलहरूले त्यसरी स्वतन्त्र उमेदवार खडा गरेका हुन् ।

निर्वाचन आचारसंहिताअनुसार एउटा उमेदवारले दुई वटा गाडी र चारवटा मोटरसाइकलसम्म चुनाव प्रचारमा खर्च गर्न पाउँछ । त्यस्तै मतदानका दिन बुथ एजेन्ट पनि दुई भन्दा बढी राख्न पाउँदैनन् । यही सीमाभित्र बसेर निर्वाचन जित्न गाह्रो हुने भएकाले ठूला दलहरूले डमी उमेदवार उठाउने ‘चोरबाटो’ प्रयोग गरेका हुन् ।

KFC Island Ad
NIC Asia

प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नम्बर ४ मा २१ जनाको उमेदवारी परेको छ । जसमध्ये ६ जना स्वतन्त्र उमेदवार छन् । काठमाडौँ जस्तो भूगोलमा स्वतन्त्र उठ्न कठिनमात्रै होइन जमानतसमेत जोगाउन सकिँदैन । तर, दशहजार धरौटी बुझाएर प्रतिनिधिसभामा उमेदवार बन्नुको पछाडि अमुक दललाई चुनाव जिताउने चोरबाटो भएको स्वयम् उमेदवार स्वीकार्छन् ।

“दशहजार तिरेर नजित्ने ठाउँमा किन उमेदवार दिनू, पार्टीलाई सहयोग गर्न उमेदवारी दिएको हुँ,” एक उमेदवारले भने ।

Royal Enfield Island Ad

उनका अनुसार ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रले यस्ता थुप्रै स्वतन्त्र उमेदवार उठाएका छन् । जसको प्रयोजन चुनाव जिताउने मात्रै हो ।

कहाँ कति स्वतन्त्र ?

बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा हामीले त्यस्ता थुप्रै स्वतन्त्र उमेदवार भेट्यौँ । जुन कुनै न कुनै दलसँग आवद्ध थिए । “उमेदवारमात्रै स्वतन्त्र हामी त पार्टीकै कार्यकर्ता हौँ नि,” उनीहरूम    ध्ये अधिकांश ठट्टा गर्थे ।

काठमाडौँ क्षेत्र नम्बर १ मा  प्रतिनिधिसभातर्फ २३ जनाको उमेदवारी परेको छ, त्यसमध्ये ७ जना स्वतन्त्र उमेदवार छन् । तीमध्ये अधिकांश कांग्रेस र कम्युनिस्ट गठबन्धनका ‘डमी उमेदवार’ रहेको बताइएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २५ जनाको उमेदवारी परेको काठमाडौँ क्षेत्र नम्बर २ मा पनि ७ स्वतन्त्र उमेदवार छन् । प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर ३ मा १९ जनाको उमेदवार परेको छ । त्यहाँ पनि ५ जना स्वतन्त्र उमेदवार छन् ।

प्रदेशसभातर्फ भने खासै स्वतन्त्र उमेदवारी परेको छैन । मुख्य दलहरूको प्राथमिकतामा प्रतिनिधिसभा परेका कारण प्रदेशसभामा स्वतन्त्र उमेदवारी कम परेको अनुमान गर्न गाह्रो हुँदैन ।

यसअघि पटकपटक ‘डमी उमेदवार’ बनिसकेको एमालेका एक नेताले पार्टीबीच डमी उमेदवारीको होड हुने दाबी गर्छन् । उनकाअनुसार सर्वदलीय छलफलदेखि मतगणनासम्ममा यस्ता डमी उमेदवार निर्णायक हुने गर्दछन् । डमी उमेदवार र तिनका प्रतिनिधिले कतिपय ठाउँमा फर्जी मत खसाल्नसमेत सघाऊ पुर्याउने भएकाले पार्टीले नै उमेदवार खडा गर्ने उनले बताए ।

त्यस्ता स्वतन्त्र उमेदवार पार्टीका चिनिएका कार्यकता हुँदैनन् । र, उनीहरूले चुनाव प्रचारप्रसारसमेत गर्दैनन् । चुनाव चिह्न लिएर एकैपटक सर्वदलीय बैठकमा सहभागी हुने गर्दछन् ।

अघिल्ला निर्वाचनमा जसका डमी उमेदवार बढी भए त्यसैको पक्षमा परिणाम गएकाले पनि ‘स्वतन्त्र’ उमेदवार उठाउन दलहरू कस्सिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०७४  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro