site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाडा अटो शो : यस्ता छन् ४४ देखि ८३ लाखसम्मका ईभी

काठमाडौं । मंगलबारदेखि सुरु भएको ‘नाडा अटो सो’ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ ३१ गतेसम्म चल्ने सोमा विभिन्न ब्रान्डका चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारीसाधन र अन्य विभिन्न अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शनीमा रहेका छन् ।

सबैभन्दा बढी विद्युतीय सवारीसाधनको चहलपहल रहेको सोमा विद्युतीय भ्यान पनि सार्वजनिक भएका छन् । अटोसोमा केही ब्रान्डले आफ्नो नयाँ ईभी भ्यान सार्वजनिक गरेका छन् भने कतिले पहिलेदेखि नै बजारमा रहेका ईभी भ्यान बिक्रीमा राखेका छन् ।

सीजी केवाईसी

सीजीले केवाईसी ईभी भ्यान सोमा बिक्रीमा राखेको छ । ३०० किलोमिटर रेन्ज रहेको यो ईभीमा ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ ।

CG-KYC-1694602727.jpg

गाडीको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ भने १८० एमएम ग्राउन्ड क्लियरेन्स छ । ११ सिट क्षमताको यो भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

फोटोन

यस्तै, नाडा अटो सोमा फोटोनको ईभी भ्यान पनि सार्वजनिक भएको छ । १५ सिट क्षमताको यो ईभी भ्यानको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

7M5A0635-1694602792.jpg

नाडा अटो सो अवधिभर भने ५४ लाख ९९ हजारमा भ्यान खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यो भ्यानमा ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।
 
सीजी किङ लङ

सीजीको अर्काे ईभी भ्यान किङ लङ ईभी पनि अटो सोमा सार्वजनिक भएको छ । ३०० किलोमिटर रेन्ज रहेको गाडीको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ भने ५०.२३ किलोवाटको ब्याट्री रहेको छ ।

7M5A0636-1694602573.jpg

१४ सिट क्षमतामा यो ईभी भ्यानको मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । यस्तै, १९ सिट क्षमतामा रहेको किङ लङ ईभी भ्यानको मूल्य ८३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

एसआरएम

केही समयअघि नेपाली बजारमा भित्रिएको एसआरएम ईभी भ्यान पनि प्रदर्शनी एवं बिक्रीमा राखिएको छ । ३०० किलोमिटर रेन्ज रहेको गाडीमा ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ ।

7M5A0641-1694602575.jpg

११ सिट क्षमता रहेको यो ईभी भ्यानको मूल्य ४४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । नाडा अटो सोभरि ५० हजार रुपैयाँ क्यासब्याक अफर रहेको कम्पनीले जनाएको छ ।

ईभी ट्रक

नाडा अटो सोमा सीजीको केवाईसी विद्युतीय ट्रक समेत प्रदर्शनीमा राखिएको छ । २३० किलोमिटर रेन्ज र ५५ किलोवाट क्षमताको ब्याट्री रहेको यो ट्रकको मूल्य भने खुलाइएको छैन ।

यस्तै, फोटोनको टीएम१ ईभी ट्रक पनि अटो सोमा रहेको छ । २८० किलोमिटर रेन्ज रहेको ट्रकमा ३८.६४ किलोवाट आवरको ब्याट्री रहेको छ ।

३३ लाख ९९ हजार मूल्य तोकिएको यो ईभी ट्रक नाडा अटो सोभरी २९ लाख ९९ हजारमा पाउन सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro