
काठमाडौं । अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत दुर्लभ खनिज वस्तुसम्बन्धी सम्झौता गरेको घोषणा गरेको छ ।
युक्रेन र अमेरिकाबीच युक्रेनको दुर्लभ खनिज स्रोतहरूमा अमेरिकालाई पहुँच दिने सम्झौताका लागि महिनौँदेखि संवाद चल्दै आएको थियो ।
अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै देशले पुनर्निर्माण लगानी कोष गठन गर्ने सहमति पनि गरेका छन् ।
यो सम्झौताअन्तर्गत युद्धग्रस्त युक्रेनको पुनस्र्थापनालाई गतिशीलरूपमा अगाडि बढाउन ‘म्युचल एसेटस्, ट्यालेन्टस् एन्ड क्यापाविलिटिज्’मा साझेदारी गरिने बताइएको बीबीसीले जनाएको छ ।
तर, यो सम्झौतामा अन्तिम समयमा आएर केही परिवर्तनहरू गरिएको बीबीसीले बताएको छ । युक्रेनले पहिले नै सहमत भएका केही विशेष बुँदाहरू समावेश गर्न खोजेको थियो । तर, त्यसमा युक्रेन सफल भएन ।
यो सम्झौतामा फेब्रुअरीमा हस्ताक्षर हुने तालिका भए पनि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षीबीचको तनावपूर्ण छलफलपछि असफल भएको थियो ।