site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि

काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । 

मंगलबार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो । 

प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८.५ रहेको मन्त्रालयले जनाएको छ । 

साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरूको सूचकांक क्रमशः ११८.१ र १५२.२ मा रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro