देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमुनि फोहोर फाल्ने १७ जनालाई कारबाही गरेको छ ।
महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने कोटेश्वरको आकाशे पुलमुनि फोहोर फाल्न आएका उनीहरुलाई राति नै पक्राउ गरी कारबाही गरिएको हो ।
कारबाहीस्वरुप महानगरले ती व्यक्तिलाई जनही एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना असुल गरेको छ ।
आकाशे पुलमुनि फोहोर भएको गुनासो लामो समयदेखि आइरहेकाले राति महानगर प्रहरी खटाएर निगरानी गरिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्