
काठमाडौं । अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेको छ । हाल २० प्रतिशत भन्सारसुल्क लाग्दै आएकामा १० प्रतिशतमा झारिएको मन्त्रालय स्रातले जनाएको छ ।
गत शुक्रबारको मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र उपदफा (३) बमोजिमको भन्सार महसुल छुटसम्बन्धी निर्णय अर्थ मन्त्रालयबाटै गर्न भनेर स्वीकृति दिएपछि मन्त्रालयले सोही अनुसार महसुलदर घटाएको हो ।
त्यस्तै, चाँदीको पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । भारतमा भन्सार महसुल कम र नेपालको भन्सार महसुल बढी भएकाले भारतबाट तस्करी बढेको भन्दै व्यवसायीहरूले भन्सार महसुल घटाउन दबाब दिँदै आएका थिए ।
भारतमा हाल सुनमा ६ प्रतिशतमात्र भन्सार रहेको व्यवसायीले बताएका छन् । नेपालमा हाल दैनिक २० किलोका दरले बैंकहरूले सुन आयात गर्दै आएका छन् ।