देश

काठमाडौं । कान्ति बाल अस्पतालमा कार्यरत नर्सिङ प्रशासन प्रमुख रोशनीलक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । निजामती सेवा दिवसका अवसरमा रोशनीसहित ३० जनालाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
उनी विगत २२ वर्षदेखि निजामती सेवामा छिन् । रोशनीले यसअघि स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०९:५७
प्रतिक्रिया दिनुहोस्