site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरबाट तीन किलो चाँदी बरामद

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सीमा क्षेत्रबाट प्रहरीले करिब तीन किलो चाँदी बरामद गरेको छ । सोमबार करिब दुई केजी ९९७ ग्राम चाँदी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको पाँच लाख रुपैयाँभन्दा बढीको चाँदी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोलामा बोकी ल्याउँदै गरेको चाँदी छोडेर फरार भएका थिए ।

बरामद चाँदी आवश्यक अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ । केही दिनयता मोरङको सीमा क्षेत्रमा चेकजाँचलाई तीव्र बनाइएको सशस्त्रका डीएसपी एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्