site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा १७२ किलो गाँजासहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा १७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । भीमफेदी गाउँपालिका–१, खोप्लाङखोलाबाट अवैध लागुऔषध गाँजासहित उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८, सिमपानी बस्ने २५ वर्षीय प्रदीप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ बस्ने २५ वर्षीय समुद्र दाहाल छन् ।

प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौँडा बजारतर्फ जाँदै गरेको बा३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चारवटा बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्