site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल एयरलाइन्सले थाल्यो काठमाडौं–दमाम सिधा उडान

काठमाडौैं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौं–दमाम सिधा उडान सुरु गरेको छ ।

निगमले बुधबारदेखि उडान सुरु गरेको हो । निगमले काठमाडौंबाट साउदी अरेबियाको दमाम उडान बुधबारदेखि उडान सुरु गरेको हो ।

पहिलो उडान बुधबार राति १०ः४० मा गरेको छ । काठमाडौंबाट १२६ यात्रु बोकेर दमाम प्रस्थान गरेको थियो । फर्किदा उक्त विमानले ११७ यात्रु लिएर फर्केको छ ।

काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा साताको दुईदिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

बजारको माग र निगमको बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै जाने पौडेलले बताए ।

टिकटको लागि अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत लिनसक्ने निगमले जनाएको छ ।

यसअघि निगमले काठमाडौं–रियाद–काठमाडौं उडान गर्दै आएको थियो । उक्त उडानलाई स्थगित गर्दै निगमले काठमाडौं–दमाम–काठमाडौं उडान सुरु गरेको हो ।

काठमाडौं–दमाम उडानको लागि ३५ हजार रुपैयाँ टिकट मूल्य छ । यस्तै, दमाम–काठमाडौंको लागि ४७० रियल कायम गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro