site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खमबहादुर गर्बुजा राज्यमन्त्रीमा नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् । प्रतिनिधिसभा  निर्वाचनमा उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाइ हराउँदै निर्वाचित भएका  थिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्