site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ : एकजनाले जित्नेछन् गाडी, हरेक खरिदमा सात लाखसम्म छुट
SkywellSkywell

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाइट, २०८०’ योजना सार्वजनिक गरेको छ । विगतका वर्षमा झैँ गाडी र अन्य आकर्षक उपहारहरू दिने गरी कम्पनीले यस वर्षको योजना सार्वजनिक गरेको हो ।

अटोमोबाइल बजारकै बहुप्रतीक्षित मानिने यो चाडपर्व लक्षित योजनामार्फत यस वर्ष पनि एक जना विजेताले लक्की ड्र मार्फत हुन्डाई एयूभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, हुन्डार्ड फेस्टिभ डिलाइट, २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

भदौ २१ अर्थात् आजदेखि सुरु भएको यो हुन्डाई फेस्टिभ डिलाइट, २०८० योजनामा आउँदै गरेको नाडा अटो सोमा गाडी खरिद गर्ने पनि सहभागी हुन पाउने कम्पनीले बताएको छ ।

नाडा अटोसो, २०२३ मा हुन्डाईको बी५ स्टलमा पनि उपलब्ध रहने सबै गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध रहेको छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागु हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu