site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले नेपालबाट भाडामा लग्यो २५ वटा ‘लक्जरी भ्यान’

काठमाडौं । भारतले जी–२० शिखर सम्मेलनको लागि नेपालबाट ‘लक्जरी भ्यान’ लगेको छ । भारतले कुनै ठूलो कार्यक्रमका लागि पहिलोपटक बाहिरी मुलुकबाट सवारीसाधन लगेको हो ।

उक्त इभेन्टको लागि भारतले नेपाल र दुबईबाट सवारीसाधन भाडामा लिएको टाइम्स इन इन्डियाले जनाएको छ । भाडामा लगिएको सावारीसाधनको सुविधा उच्च गुणस्तरीय, पार्टपुर्जा पनि ब्रान्डेड हुनपर्ने भनिएको थियो ।

भारतको सबैभन्दा पुरानो कार कम्पनी केटीसी इन्डियाले नेपालबाट सवारीसाधन भाडामा लगेको हो । उक्त कम्पनीले नेपालको टोयाटा कम्पनीसँग २५ वटा सवारीसाधन शनिबार लगेको हो । साथै, दुबईबाट पनि लक्जरी भ्यान ल्याएको छ ।

“कार्यक्रमका लागि एक हजार ५० भन्दा बढी लक्जरी सवारीसाधनको आवश्यकता छ । हामीले ६३ प्रतिशत माग पूरा गरिसकेका छौँ । सवारीसाधन भारतका विभिन्न सहरबाट ल्याइएको हो, नेपालबाट पनि ल्याइएको छ । दुबईबाट कार्गाेमाफर्त बायाँहाते ड्राइभको लक्जरी भ्यान ल्याइएको हो । दुबईबाट दिल्ली सवारीसाधन कार्गाेमा ल्याउँदा आठ लाख रुपैयाँ खर्च भएको छ,” केटीसीका प्रबन्ध निर्देशक गुरुदेव अहलुवालियाले टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै भनेका छन्, “नेपालबाट तीन महिनाको लागि सवारीसाधन भाडामा ल्याएका हौँ ।”

समाचारमा जनाइएअनुसार ती कारहरूमा अत्तर छर्किनुपर्छ, टिस्युहरू ब्रान्डेड प्रयोग गर्नुपर्छ । प्रतिनिधिहरूसँग ट्रान्सलेटरहरूको आवश्यकता, कारहरूमा आइस क्युबहरू र विशेष वस्तुहरू तथा प्राथमिक उपचारको व्यवस्था हुनुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro