site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भदौ ३० देखि उडान सुरु गर्दै भुटान एयरलाइन्स

काठमाडौं । भुटान एयरलाइन्स (बि–३)ले भदौ ३० गतेदेखि सुरु गर्ने भएको छ ।

एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था)ले उडान सुरु गर्ने जानकारी दिएको हो ।

भदौ ३० गतेदेखि हप्ताको आइतबार, सोमबार, बुधबार र शनिबार गरेर चारपटक उडान गर्ने भएको छ । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्नेछन् ।

निर्धारित फ्लाइटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुचारु गर्ने भएको हो ।

“हामी हाम्रा सम्पूर्ण ग्राहकलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडानहरु अब नियमित राख्नेछौँ । र, विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गराउनेछौँ,” भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भने ।

“भुटान एयरलाइन्सको उडान पुनः सुरु भएकोमा हामी अत्यन्तै उत्साहित छौँ । यस नयाँ सुरुआतका साथ दुवै देशका पर्यटकहरूलाई थप सहज हुनेछ र यसले पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ,” सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका चेयरम्यान रविचन्द्र सिंहले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro