साहित्य
कठमाडौं । ‘मेची आमा’ नामले सुपरिचित समाजसेवी स्व.दिलकुमारी श्रेष्ठलाई ‘नारी शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको छ ।
ॐ भानु–वेद स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित एक समारोहमा उनलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो ।
मेची आमाको १२औँ पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई सम्मान पत्रसँगै नगद ५१ हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।
नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १५:४१
प्रतिक्रिया दिनुहोस्