site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले नयाँ कि पुरानो चिनिएन : थापा, भीम रावल पार्टीमै सक्रिय हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) अब पार्टीको प्रदेश अधिवेशनमा होमिँदै छ । सातै प्रदेशको अधिवेशन असोज मसान्तभित्र गर्नेगरी कार्यतालिका तय भइसकेको छ ।  पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउन ०८० भित्र सबै तल्ला कमिटीको अधिवेशन गर्दै छ । त्यसअघि एमालेमा निष्क्रिय रहेका नेताहरूको खोजी भएको छ । 

सोमबार बसेको सचिवालय बैठकमा पार्टीमा निष्क्रिय रहेका नेताहरूबारे चर्चा भयो । नेताहरूको खोजी गर्ने क्रममा महाधिवेशनपछि  किनारामा रहेका भीम रावलदेखि बिदामा बसेका मणि थापासम्मको खोजी भयो । 

बैठकले दुई सदस्यलाई निष्कासित गर्‍यो ।  जसमा केशव स्थापित र प्रमोदनारायण यादव रहेका छन् ।  त्यस्तै, महाधिवेशनपछि सम्पर्कमा नरहेका अर्थात विदेश बस्दै आएका तारा राईका बारेमा पनि निर्णय गर्ने कुराकानी भएको नेताहरू बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

थापा भन्छन् : एमाले नयाँ कि पुरानो प्रष्ट भएन 

तत्कालीन नेकपा विभाजनका बेला एमाले नै रहेका पूर्वमाओवादी नेता थापालाई पाँचौँ केन्द्रीय कमिटी  बैठक (वैशाख २८–३० गते) ले बिदा दिएको थियो ।  पार्टीका नेताहरू फरक भूगोलको जिम्मेवारीमा खटिँदा उनी भने महासचिव शंकर पोखरेलको स्वीकृतिमा साहित्यिक काम गर्ने भन्दै बिदामा बसे । 

Global Ime bank

“धेरै लामो समय भयो । मेरो रोकिएका कामहरू गरुँ भन्ने सोचेकाले बिदा लिएको थिएँ । तपाईंको काम कहिलेसम्म सकिन्छ, त्यतिबेलासम्म हुन्छ नि त भनेर पार्टीकै स्वीकृतिमा नै बिदामा बसेको हो,” उनी सुनाउँछन् । 

सचिवालय बैठकमा उनको बिदा कहिलेसम्म हो भन्ने विषयले प्रवेश पायो । पार्टीमा असन्तुष्टि राख्दै आएका थापालाई सोधपुछ गर्ने जिम्मा महासचिव पोखरेललाई दिइयो ।  पोखरेलले थापालाई सम्पर्क भने गरिसकेका छैनन् । आफूलाई अहिलेसम्म  कुनै जानकारी आइनसकेको थापा बताउँछन् । 

उनी बैठकमा पार्टीको सदस्यबारे खोजी हुनुलाई सामान्य रूपमा अर्थ्याउँछन् ।  

“मणिजी बिदामा बस्नुभएको रहेछ । बिदा सकियो कि के भयो, उहाँको पोजिसन के हो सम्पर्क गर्नुपर्ला भन्ने सामान्य कुरा भएको रहेछ । बाहिर स्पष्टीकरण भनेर आयो । त्यस्तो होइन,” उनले बाह्रखरीसँग भने, “एमालेको अधिवेशन पनि आएको छ ,पार्टीको स्थायी कमिटी सदस्य कहाँ हो भनेर सोधखोज हुनु राम्रो पनि हो ।” 

थापाले पार्टीमा केही समयता सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका छन् । उनले माओवादीबाट एमाले आएका नेताहरूको काम गर्ने स्प्रिट नमिलेको गुनासो पनि गरे ।  पार्टीमा सक्रिय हुने कि नहुने भन्ने निष्कर्षमा पनि पुगिसकेका छैनन् ।

“मैले कुनै नयाँ निर्णय गरेको छैन । ममात्रै होइन, माओवादीबाट आएका हजारौं साथी छन् । उनीहरूको पनि प्रश्न उठ्छ नै,” थापा सुनाउँछन्, “काम गर्ने स्प्रिट अलिक मिलेको छैन भन्नेमा मेरो केही रिर्जभेसन छ ।”

नेकपा भंग हुँदा नयाँ एमालेको रूपमा आफूहरू पार्टीमा रहेको तर अहिले कुन एमाले हो भन्ने प्रष्ट हुन नसकेको उनको भनाइ छ ।  “हामीले नेकपाको निरन्तरता हो र नयाँ एमाले हो भनेर समर्थन गरेको हो । नयाँ हो कि पुरानो एमाले भन्ने प्रष्ट पनि भएको छैन,” उनको निष्कर्ष छ । 

स्प्रिट नमिल्दा आफूहरूले गर्न खोजेको कामसमेत गर्न नपाएको थापाको गुनासो छ । 

“हामी माओवादी स्कुलिङ्बाट आएकाहरू चाहिँ काम गर्ने स्प्रिट, शैली अलिकति बुझ्ने । स्कुलिङ पनि अलिकति फरक परेको हुनाले थप पर्फर्मेन्स हुन नसकेको पनि होला,” थापा भन्छन्, “हामीले चाहिँ जसरी पर्फर्मेन्स दिन खोजेका थियौं, त्यो नपाएको पनि होला । बीचमा काम गर्ने स्प्रिट मिलेन भन्ने मलाई लागेको छ ।”

उनले आफ्ना रिजर्भेसन महासचिवसमक्ष राखिसकेको छन् । 

“अध्यक्षलाई त भनेको छैन । तर, काम गर्ने स्प्रिट मिलेन भनेर महासचिवलाई जानकारी दिएको छु,” थापाले भने । 

अब पार्टीको काममा फर्कने कि नर्फकने भन्ने विषय आगामी परिस्थितिमा निर्भर रहने थापा सुनाउँछन् । 

“परिस्थिति कसो भएर जान्छ भन्नेमा छु । अब काममा फर्कने कि नफर्कने ठ्याक्कै डिसिजन गरेको छैन । म त दुई महिना अघि बसेको न हो,” थापा बताउँछन्, “उहाँहरूले काममा फर्किनुपर्‍यो पनि भन्नु भएको छैन । उहाँहरूले काममा फर्किनु पर्‍यो पनि भन्नुभएको छैन ।”

भीम रावललाई जिम्मेवारी दिने तयारी 

दशौँ महाधिवेशनदेखि पार्टीमा रहेर पनि कुनै जिम्मेवारीमा नरहेका रावललाई सचिवालय बैठकको भोलिपल्टै ओलीले भेटे ।  १०औँ महाधिवेशनमा आफूले उपाध्यक्षमा रहन आग्रह गर्दा पनि अध्यक्षको उमेदवार बनेकोमा आक्रोशित रहेका ओली र रावलबीच पार्टी कार्यालय च्यासलमा दुई घण्टा वार्ता भयो । 

वार्ता सकारात्मक भएकाले पार्टीको आगामी बैठकले जिम्मेवारी दिने नेताहरू बताउँछन् । 

एमालेमा रावललाई जिम्मेवारी दिने विषयमा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल समेत बनेको थियो । जसमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा पनि थिए । कार्यदलले एक चरणको वार्ता गरी दोस्रो चरणको वार्ता ओलीले नै गर्ने निष्कर्ष निकालेको थियो । 

दशौँ महाधिवेशनपछि केन्द्रीय सदस्यसहितका पद अस्वीकार गरेका रावल अब पार्टीमा सक्रिय हुने निष्कर्षमा पुगेका छन् । ओलीको गुनासो चाहिँ आफूले उपाध्यक्षमा बस्न आग्रह गर्दा गर्दै रावल किन प्रतिष्पर्धामा उत्रिएको भन्ने नै रहेको थियो ।

ओली रावलसँग छलफल गर्ने पक्षमा थिएनन् तर सचिवालयका सदस्यहरुले ओलीलाई  मिसन ८४ चलाउँदा पार्टीकै नेतालाई बेवास्ता गरिरहँदा कस्तो सन्देश जान्छ भनेर प्रश्न गरेका थिए । त्यसपछि ओली रावलसँग कुराकानीका लागि तयार भएको स्रोत बताउँछ । रावलसँग बिहीबारमात्रै भेटघाट गरेका एमाले केन्द्रीय सदस्य दयालबहादुर शाही अब सकारात्मक दिशा लिने विश्वास गर्छन् ।  

“अब एकदम राम्रो हुन्छ । १०औँ महाधिवेशनको दुई प्रत्याशीबीचको भेटले अब सकारात्मक दिशा लिन्छ,” उनी भन्छन्, “दुई नेताहरूको बीचमा जिम्मेवारीको कुरा भइसकेको छैन । मन माझामाझ भयो । अब प्राविधिक कुरा मिल्दै जान्छ ।”

ओली रावललाई पार्टीमा जिम्मेवारी दिन तयार भएको र रावल सक्रिय हुने निष्कर्षमा पुगेकाले कुरा मिल्ने पनि बताउँछन् ।  “रावलजीले केही जिम्मेवारी नपाएपनि एमालेमै रहने पक्षमा हुनुहुन्छ,” शाही सुनाउँछन्, “सकेसम्म समेट्ने कुरामा सकारात्मक हुनहुन्छ भन्ने छ । अब कुरा मिल्यो भन्ने लाग्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement