site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईभी बजारमा भित्रिएको क्रेटा, कस्तो गर्ला नेपाली बजारमा ? 

काठमाडौं । हुन्डाई मोटर कम्पनीले प्रमुख विद्युतीय सवारी ब्रान्डहरुसँग प्रतिस्पर्धा गर्ने गरी क्रेटा ईभी एसयूभी सार्वजनिक गरेको छ ।  विश्व बजारमा निर्यात गर्ने क्रेटा ईभी एसयूभी हुन्डाईले गत साताको शुक्रबार भारतमा सार्वजनिक गरेको हो ।

हुन्डाईले सन् २०१५ मा बजारमा ल्याएको पेट्रोलियम इन्जिनको क्रेटा एसयूभी नेपाल, भारत, श्रीलंकालगायत देशमा चर्चित छ ।  दश वर्षमा ११ लाखभन्दा बढी पेट्रोलियम क्रेटा बिक्री गरेको कम्पनीले हाल बजारको मागअनुसार क्रेटाको ईभी मोडल ल्याएको हो ।

हुन्डाई इन्डियाको अन्तर्राष्ट्रिय व्यापार विभागका हमेन्द्र सिंहले क्रेटा ईभीलाई अत्याधुनिक प्रविधि तथा डिजाइनसहित गुणस्तरीय प्रोडक्टका रुपमा बजारमा ल्याएको बताएका छन् ।  उनले पेट्रोलियम क्रेटा जस्तै क्रेटा ईभी एसयूभीले बजारमा नयाँ ‘लिगेसी’ सेट गर्ने अपेक्षा गरिएको बताएका छन् ।

kreta-(5)-1737708774.jpeg
 

यसै जनवरी १७ मा भारतको नयाँ दिल्लीमा क्रेटा ईभी सार्वजनिक गर्नुअघि कम्पनीले चेन्नईमा टेस्ट ड्राइभको समेत आयोजना गरेको थियो ।  क्रेटा ईभीको टेस्ट ड्राइभमा नेपाल, भारत, श्रीलंकालगायत देशबाट हुन्डाईका प्रतिनिध, अटो उत्साही, सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो ।

उक्त टेस्ट ड्राइभ भारतको चेन्नईदेखि पुडुचेरी (पोन्डिचेरी)सम्म करिब १२० किलोमिटर लामो सडकमा भएको थियो ।  नेपाली प्रतिनिधिले टेस्टका लागि नेपाल भित्र्याइने तयारीमा रहेको ४२ किलोवाटआवरको ब्याट्री भएको क्रेटा ईभी चलाइएको थियो । यसले ३९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

kreta-(6)-1737708774.jpeg
 

चेन्नईबाट पुडुचेरी जाने सडकमा अधिकतम १८५ किलोमिटर प्रतिघण्टा आसपासको स्पिडमा क्रेटा ईभी चलाएको अनुभव ड्राइभ गर्नेहरुको भनाइ थियो ।  टेस्ट ड्राइभमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा चलाइएको बताउनेहरु बढी थिए ।

करिब डेढसय किलोमिटर प्रतिघण्टाको स्पिडमा चलिरहेका बेला सडक बत्तीको वार्निङ संकेतलाई रोक्नुपर्ने संकेत हो भनेर झुक्किदा ‘हार्ड ब्रेकिङ’ प्रयोग भएको थियो ।  त्यस्तो अवस्थामा समेत गाडीको स्टेबिलिटी एवं कन्ट्रोल सामान्य जस्तै महसुस हुँदा क्रेटा ईभीको स्ट्रेन्थ प्रशंसनीय देखिन्छ ।

kreta-(7)-1737708774.jpeg
 

ड्राइभ गर्ने व्यक्तिसँगै गाडीमा अगाडि÷पछाडि सवार यात्रुले पनि हरेक ड्राइभिङ अवस्थामा कम्फर्ट महसुस गरेको अनुभव सुनाएका थिए । कुनै ठाउँमा निकै व्यस्त सडक, निमार्णको काम भइरहेको र कुनै ठाउँमा निकै खाली सडक हुँदा ड्राइभ अनुभव टेस्ट ड्राइभ जस्तै बनेको थियो । 

टेस्ट ड्राइभ गरिएको सडक हिन्द महासागरसँग जोडिएको वा हिन्द महासागरको उत्तरपूर्वी हिस्सा बे अफ बंगाल अर्थात् बंगालको खाडीको छेउँमा थियो ।  सडक विभिन्न ठाउँमा समुद्र किनारसँग समेत जोडिएको हुँदा टेस्ट ड्राइभको अनुभव रमाइलो रह्यो ।

शुन्यदेखि एकसय किलोमिटरको गति ७.९ सेकेन्डमा दिने गाडी ओभरट्याक गर्न पनि सहज छ । हाइ स्पिड, फुल एसी, म्युजिक, चार्जिङ एवं नयाँ बाटोमा एक किसिमको ‘रफ’ टेस्ट ड्राइभमा समेत गाडीले एक प्रतिशत चार्जको खपतमा औसतमा करिब ३.२५ किलोमिटर रेन्ज दिएको थियो ।

kreta-(1)-1737708773.jpeg
 

९९ प्रतिशत चार्जबाट सुरु गरिएको ड्राइभमा करिब ११७ किलोमिटरको दुरी नाघ्दा ब्याट्रीको चार्ज ६३ प्रतिशतमा झरेको थियो ।  यसरी ढुक्कसँगले सबै फिचर प्रयोग गरी गाडी चलाउँदा समेत ३२० किलोमिटरभन्दा बढी रेन्ज दिने देखिन्छ ।

इको, नर्मल र स्पोर्टमध्ये इको मोडमा ड्राइभ गर्दा गाडीले कम्पनीले भनेअनुसार ३८०/३९० किलोमिटरसम्म रेन्ज दिने देखिन्छ ।

भ्वाइस कमान्ड, भ्वाइस कमान्डबाटै सनरुप खोल्न बन्द गर्न सकिने, अगाडिको सिटमा बस्ने र ड्राइभ गर्नेका लागि छुट्टा छुट्टै एसी कन्ट्रोल, भेन्टिलेटेड सिट, चार्जिङ स्टेसनमा पैंसा तिर्न इनकार पेमेन्ट सिस्टम, फोनबाट गाडी अनलक र स्टार्ट गर्न सकिने स्मार्ट कि जस्ता फिचरले गाडीलाई विशेष बनाएको छ ।

kreta-(3)-1737708773.jpeg
 

लेन किपिङ असिस्ट, साइड लाइटसँग ड्यासबोर्डमा साइड भ्यु देखाउने, आरामदायी सिट, एडास लेभल २ सुविधा, फर्वाड एन्ड ब्लाइन्ड स्पट कोलिजन वार्निङ, स्मार्ट क्रुज कन्ट्रोल लगायत फिचरले गाडीलाई सहज र सुक्षित बनाएको छ ।

kreta-(4)-1737708773.jpeg
 

टेस्ट ड्राइभका क्रममा क्रेटा ईभी एसयूभी अब्बल रोजाइ हुने अपेक्षा गरिएको छ । हुन्डाईको विरासत र अत्याधुनिक सुविधा एवं बोल्डनेससहित विभिन्न ईभी ब्रान्डका प्रमुख मोडललाई टक्कर दिने गरी आएको क्रेटा ईभीले नेपालमा कस्तो बजार स्थापित गर्छ र ग्राहकले कति रुचाउँछन् भन्ने कुरा हेर्न बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro