site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कांग्रेसमा के हुँदै छ ?

नेपालको राजनीतिक इतिहासमा वर्तमान प्रधानमन्त्री केपी ओलीलगायतका नेताहरूमा त्यस्तो के गुण छ जस्ले गर्दा नेपाली जनताले स्मरण गरिरहनु परोस् ? मैले त त्यस्तो कला केही देखिन जसबाट यिनलाई हेरेर प्रेरणा मिलोस् । न यिनको विचार, व्यवहार स्मरणीय केही देखियो न संचार माध्यम र संचारकर्मीबाट त्यस्तो चित्रण नै गरियो ।

राजनीतिक दल टुक्य्राउने रणनीति

नेकपा (माओवादी केन्द्र ) र नेकपा (एमाले) एकीकृत भई नेकपा बन्यो । ओलीकै प्रधानमन्त्री कालमा टुक्र्यो र पुन एकीकरण पूर्वको अवस्थामा पुग्यो । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका धेरै सहकर्मी उनको कोपभाजन भएर मातृपार्टीबाट अलग्गिनु पर्‍यो । अहिले भीम रावललगायत अरू नेता पनि उनको कोपमा परे ! 

एमालेभित्र त्यति लामो इतिहास बोकेका रावल त पार्टीबाटै निकालिए !

ओलीले आफ्नै पार्टीभित्र पसाएका विसंगति र विकृतिका कारण धेरैको बहिर्गमन भयो । आफ्नो पार्टी त टुक्य्राए टुक्य्राए  विगतमा जसपाभित्र पनि एमालेकै अवस्था सिर्जना गरेर एक अर्कालाई सिध्याउने, कार्यवाही गर्नेसम्म पुर्‍याउँदा पार्टी नै टुक्रने अवस्थामा पुग्यो । नेपाली काग्रेसमा त्यो रोग प्रवेश गर्न खोजे पनि सफल भएको छैन । कदाचित् एमाले र जसपाजस्तै रोग काग्रेसमा लाग्यो भने गणतन्त्रकै त्यो ठूलो चोट हुनेछ ।
           
लोकतन्त्रमा राजनीतिक दलहरू सक्षम, सबल र संगठित हुन्छन् त्यो देशको राजनीति पनि त्यति नै स्वस्थ्य रहन्छ । प्रजातन्त्र सुनिश्चित रहन्छ र त्यति नै नागरिक अधिकार र स्वतन्त्रता बलियो रहन्छ ।

लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्रतालाई कमजोर गर्नु छ भने पहिले राजनीतिक दलहरूलाई निर्बल पार्नुपर्छ ! दलहरूलाई अलग्याउने टुक्य्राउने गर्नुपर्छ । यसैले अहिले वर्तमान सरकार यही गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने प्रयत्नमा लागेको धेरैको ठम्याइ देखिन्छ ।

नेपाली राजनीतिमा अहिलेको जस्तो विकृति विगतमा देखिएको थिएन । अहिलेको सरकारका त प्रमुखलाई नै विकृतिका प्रणेता भनेर सम्बोधन पनि अन्याय नहोला ।
 
सात विपक्षी दलहरूको चेतावनी

सात विपक्षी दलहरूको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । वर्तमान सरकार अलोकतान्त्रिक भएको र यस्तै अवस्था रहे गणतन्त्र नै धरापमा पर्ने चेतावनी पनि उनले दिएका छन् । विपक्षी दलहरू अविलम्ब संसद्को अधिवेशन बोलाउने माग गरेका छन् । संसद् नबोलाइए सडक संघर्ष गर्नेसमेत सात दलको चेतावनी थियो !

लोकतन्त्रमा  जनत नै सर्वोच्च हुन् । यसैले जननिर्विचत संसद्ले लोकतन्त्रको गरिमा बचाउने र संरक्षित गर्ने गर्छ । अहिले संसद् अधिवेशन नबोलाएर अध्यादेशबाटै शासन चलाउने ओली सरकारले रोजेको बाटो लोकतन्त्रकै लागि घातक हुनसक्छ ।

संसद्को गरिमा र महत्त्वमा जति प्रहार गरिन्छ त्यति नै लोकतन्त्र कमजोर हुन्छ ।

वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट बनेको हो ! एमाले कम्युनिस्ट पार्टी हो भने कांग्रेस लोकतान्त्रिक सिद्धान्त भएको दल हो । लोकतंत्र प्राप्तिको लामो संघर्षपछि यहाँसम्म आइपुगेको पार्टी हो ।

अहिले विपक्षका सात दलले सरकारलाई लगाएको आरोप सरकारको नेतृत्व गर्ने केपी ओलीलाई मात्र हो भनेर ठान्ने भुल काग्रेसले गरिरहेको देखिन्छ । अहिले सात दलले प्रजातन्त्रै मासिने र गणतन्त्र नै खतरामा पर्ने आरोप वर्तमान सरकारमाथि लगाएका छन् । यो आरोपले  एमालेभित्र राजनीतिक असर नपर्ने तर कांग्रेसलाई भने राजनीतिक सिद्धान्त र विचारमा प्रतिकूल असर पर्न सक्छ ।

अझ कांग्रेसले अध्यादेश सहमतिअनुसार नै आएको हो भनेर आफ्नै खुट्टामा बन्चरो हानेको छ । विगतमा केपी ओलीले अध्यादेश ल्याउँदा कांग्रेसले विपक्षमा हुँदा जमेर विरोध गरेकै हो । त्यतिबेला सरकारलाई अधिनायकवादी भन्ने कांग्रेस अहिले अध्यादेशको समर्थनमा पुग्नुको अर्थ सत्तामोहमा बाटो बिराएको त होइन ?

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro