site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ ।

सार्वजनिक लेखासमितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारूढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी प्रदेशसभा सदस्य दक्षिणाकुमारी शाही चयन भएका छन् ।

प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य कल्याणी खड्का रहेकी छन् । विषयगत समितिको नेतृत्व टुंगो लगाउन प्रदेशसभाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोही अनुसार आज उमेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीन वटै समितिमा एक/एकजनाको मात्रै उमेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए ।

तीन प्रमुख राजनीतिक दलहरूको सहमति अनुसार सार्वजनिक लेखासमिति प्रमुख प्रतिपक्ष दलले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति थिए । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उनले असोज १५ गते राजीनामा दिएका थिए ।

तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गाबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो ।

सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी रहेका समिति नेतृत्वविहीन हुँदा कतिपय विधेयक दुई वर्षदेखि समितिमा अड्किएका छन् । समितिले नेतृत्व पाएसँगै ती विधेयकका विषयमा छलफल अगाडि बढ्ने देखिएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro