site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डढेलोेबाट हुने क्षति न्यूनीकरणका निम्ति १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन डढेलाबाट हुने क्षति न्यूनीकरणका निम्ति १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले सुक्खा मौसममा सामुदायिक जंगलहरूमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो । समिति सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइन् ।

समितिले डढेलोसम्बन्धी जनचेतनालाई अझै प्रभावकारी बनाउन नेपाल टेलिकमलाई रिङटोन बजाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ । समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने सम्बन्धमा आउँदो वैशाखबाट काठमाडौं उपत्यकाबाट सुरु गर्नेगरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro