site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सातजनाको मृत्यु

जयपुर (राजस्थान) । भारतको राजस्थानस्थित बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सातजनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो । सातजनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुईजनालाई डिडवानाको सरकारी बांगर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बीएसएफ)का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । रासस/एएनआई

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्