अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टर्नेसनल र बुटवलस्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १७:४४
प्रतिक्रिया दिनुहोस्