site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४७ लाख स्टकमा, प्रयोगविहीन ४० लाख डोजबारे निर्णय भएन
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । सरकारसँग कोरोनाविरुद्धको ४७ लाख डोज खोप भण्डारणमा रहेको छ । सो खोप स्वास्थ्य सेवा विभागअन्तर्गत टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको छ । स्टकमा रहेकोमध्ये ४० लाख डोज साइनोभ्याक र सात लाख २० हजार डोज फाइजर खोप हो । ४० लाख डोज साइनोभ्याकको  २०२३ को डिसेम्बर १९ मा म्याद सकिँदै छ ।

तर, हाल प्रयोगविहीन बनेको सो खोप के गर्ने भन्नेबारे विभागले निर्णय लिन सकेको छैन । सो खोप चीन सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराएको हो । बुस्टर डोजको रुपमा दिन नमिल्ने भएपछि विभागसँग स्टकमा रहेको ४० लाख डोज साइनोभ्याक खोप के गर्ने भन्ने निर्णय नभएको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए ।

KFC Island Ad
NIC Asia

“स्टकमा रहेको ४० लाख डोज खोपको उपभोग म्याद १९ डिसेम्बर २०२३ सम्म छ । अब यसलाई के गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ,” चौरसियाले भने  ।

बाँकी सात लाख २० हजार डोज फाइजर भने कोभ्याक्स सुबिधामार्फत् ल्याइएको हो । सो खोप तेस्रो र चौथो बुस्टरको रुपमा दिने सरकारको योजना छ । तर, पछिल्लो समय  कोरोनाविरुद्धको खोप लगउनको संख्या अत्यन्त न्यून छ ।

Royal Enfield Island Ad

नेपालमा हालसम्म पाँच करोड ९९ लाख ६४ हजार ६४७ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro