काठमाडौं । देशका विभिन्न भागमा आज पनि भारी वर्षा र बाढीको सम्भावना रहेको छ । दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा आज उल्लेख्य बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
संखुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
आज देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो क्रममा रहने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वाग्मतीसहित यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने